
काठमाडौं । सरकारले ब्यापारीको स्वार्थअनुसार पिउने पानीको मूल्य बढाएको छ ।
बजारमा २५ देखि ३५ रुपैंयाँमा विक्री हुँदै आएको जारको पिउने पानीको मूल्य बढाएर ५० रुपैंयाँ पुर्याएको छ ।
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण विभागले ब्यापारीलाई पोस्नेगरी ‘सेटिङ’मा एक जारमै १५ देखि २० रुपैंयाँ बढाएर मूल्य तोकेको हो ।
सरकारी निकायले नै मूल्य बढाएपछि व्यापारीलाई एक जार पानी ५० रुपैंयाँमा विक्री गर्न बाटो खुलेको छ । बढेको पानीको मूल्य भदौ १० गतेदेखि लागू हुनेगरी कायम गरिएको छ । -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्