Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


४२ वर्षमा फर्कियो मुस्कान

काठमाडौं । बिनासुनुवाइ ४० वर्ष भारतीय जेलमा रहेर छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार घर आएका छन्। परिवारसँग झन्डै ४२ वर्षपछि दुर्गाप्रसादको पुनर्मिलन भएको छ। यसरी फर्किएलान् भनेर नसोचेका छोरासँग ९२ वर्षको उमेरमा आमा धनमायाले भेट गर्न पाएकी छन्। ‘यो त बूढो पो भएछ लु हेर’, धनमायाले प्रकाशचन्द्र (दुर्गाप्रसादका काकाका छोरा)तिर फर्किंदै भनिन्, ‘यसले खोजेर…