Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ


0
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् ।

ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुर्नगठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

ओलीले माधव नेपाललगायत नेताहरु अनुपस्थित रहेको केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी हेरफेर गर्ने, नेपालगायत चारजना नेतालाई स्पष्टीकरण सोध्ने तथा संसदीय दलको विधान संशोधन गरेर समानुपातिक सांसदलाई हटाउनेसम्मको अधिकार लिनेजस्ता निर्णय गराउनुले यही संकेत गरेको बालुवाटार निकट एक नेताले बताए ।

नेपाल समुहले समानान्तर कमिटी गठन गरी पार्टीभित्रबाट ओलीलाई चुनौती दिन र अन्तरसंघर्ष जारी राख्ने नीति लिइरहेको बेला उनले शनिबार बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर आफूअनुकूल निर्णय गराएका हुन् ।

नेपाल समूहले यही चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरी पार्टीभित्रै अन्तरसंघर्ष गर्ने र एमालेलाई पुर्नजीवन दिने निर्णय गरेको थियो ।

भेला रोक्न ओलीले हरसम्भव प्रयास गरेका भए पनि सफल भएनन् । गत फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठक राखेर नेपाल समूहमा रहेका नेताहरुको जिम्मेवारी खोसिेका थिए ।

नेपाल समूहले फागुन २८ को सो निर्णयलाई अवैध भन्दै नसच्याएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा नजाने बताउँदै आएको छ ।

ओलीले एमालेलाई आफ्नो नीजि स्वामित्वमा राख्न खोजेको आरोप नेपाल पक्षको छ । नागरिक