काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको जसपाका नेता राजेन्द्र महतोले बताएका हुन् । ‘सत्ता समीकरणको विषय संसद्मा प्रवेश गरेको छैन,’ उनले भने, ‘यो विषय संसदमा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेका छौँ…