डीडीसीको गन्हाएको दूध बजारमा « Image Khabar


डीडीसीको गन्हाएको दूध बजारमा


Imagekhabar
३० चैत्र २०७७, सोमबार ०६:४६

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरिक्षक ईश्वर सुवेदीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को दूध दिनहुँजसो उपभोग गर्छन् ।

यसका उत्पादन विश्वासिलो भएकै कारण आफ्नो रोजाइमा परेको उनको भनाइ छ । गत मंगलबार भने सुवेदीलाई डीडीसीको दूधमा शंका लाग्यो ।

‘चिया खाँदा अस्वाभाविक गन्ध आयो । शंका लागेर कार्यालय जाँदा दूध लिन गएँ । थप नमुना संकलन गरेर परीक्षण गर्न दिएँ’, सुवेदीले भने, ‘कार्यालयमा पनि दूधमा गन्ध आएको पकाउँदा अमिलो भएको भन्दै दुई तीन जनाले फोनमै गुनासो गरे ।’

लगतै दुई जना ५० र १०० एमएल दूध बोकेरै खाद्यमा आए । सर्वसाधारणकको गुनासो आएपछि खाद्य निरिक्षक सुवेदीले डीडीसीका काठमाडौं दुग्ध वितरण आयोजना प्रमुख नीलकण्ठ गौतमलाई फोन गरे ।

तर गौतमले दूधमा भएको गन्धको सन्दर्भमा जानकारी दिन मानेनन् । सूचना अधिकारीमार्फत जानकारी लिन आग्रह गरे ।

त्यसपछि सुवेदीले डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीलाई फोन गरे । ‘पानी बालाजु औद्योगिक क्षेत्रले आपूर्ति गरेको र त्यसमा क्लोरिनको मात्रा बढी भएकाले गन्ध आएको राजेन्द्र अधिकारीले जानकारी गराउनुभयो’, ‘थप स्पष्ट पार्ने गरी लिखित रुपमा खाद्य विभागमा जानकारी गराउन भनेको छु’, सुवेदीले भने ।

बालाजु औद्योगिक क्षेत्रले वितरण गरे पनि पानीको गुणस्तर हेर्ने दायित्व डीडीसीको हो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्