काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू न्यायाधीश हुँदा गरेको 'गलत' फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ। जसका कारण वीरगन्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ । तर, जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अबौं रुपैयाँ…