काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रुपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बोका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाको उत्तराधिकारी बन्न चाहन्थे ।
पार्टीको १४ औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मंसिर २४ औं माहधिवेशनबाट देउवाले फेरि भिापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्यासी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ।
कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औं महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको भूमिका महत्वपूर्ण रहेको थियो । फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बीच एकीकरणपछिको गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् । त्यतिमात्र होइन, पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धाको तयारीमा जुटेका छन् दुवैजना ।









प्रतिक्रिया दिनुहोस्