शौचालय आउनुस् चिया पिएर जानुस् « Image Khabar


शौचालय आउनुस् चिया पिएर जानुस्



काठमाडौं । स्वयम्भू बुद्धपार्कमा देशकै नमुना ‘स्माट’ शौचालय छ । जहाँ सम्पूर्ण प्रविधि ‘स्मार्ट’ छन् । ‘सेन्सर’ सहितको प्रवेशद्वार छ कति मानिस आए भनेर त्यसले देखाउँछ । धारा, बत्ती सुकाउने, प्याड वितरण गर्ने ठाउँ ‘स्मार्ट’ नै छन् । हार्पिक, फिनेलजस्ता रसायनको प्रयोग नगरी ‘ड्राई किल्नरु प्रयोग गरिन्छ ।

यस्ता वस्तु बायोडाइजेस्टरमा गाये भने ग्यास उत्पादन हुँदैन । प्राकृतिक डिटर्जेन्ट, वातावरणमैत्री सफाइ सामाग्री प्रयोग गरिन्छ । एकपटक शौचालय गएबापत प्रयोगकर्ताले १५ रुपैयाँ तिर्नुपर्छ त्यसमै ग्राहकले एक कप कालो चिया पाउँछन् । शौचालय भित्रै खाजा पसल पनि छ । ‘कोही त कुरै नबुझ्ने ट्वाइलेटमा बसेर कहाँ खान्छ भन्छन् ,’ अरुणा पुजारीले भनिन् ।

२५ वर्षीया पुजारी टेकु अस्पतालमा सफाइको काम गर्थिन् । त्यहाँको जागिर छोडेर यहाँ आएकी हुन् । उनका अनुसार अस्पतालमा सेवाग्राहीको अत्यधिक चाप हुने भएकाले शौचालय फोहोर हुन्थ्यो । तर, स्वयम्भूमा स्मार्टप्रविधि भएकाले काम गर्न सजिलो भएको उनले सुनाइन् ।

‘जागिरका साथसाथै सेवा गरिरहेको छ जस्तो लाग्छ । तर, धेरैले ट्वाइलेटमा काम गर्नेलाई हेयको दृष्टिले हेर्छन्’ उनले भनिन्, ‘आधा मानिस प्रशंसा गर्ने र आधाजसोले आलेचना गर्छन् । सेवा गर्दे छ भन्ने चेत खुल्नुपर्छ ।’ अर्की कामदार पदमा देउलालाई अहोरात्र खटिएर काम गर्ने भन्ने बुझाईु गलत भएको देउलाको भनाइ छ।

‘सम्पूर्ण प्रविधिहरू स्मार्ट छन्। फोहोर कतै छैन। न त दुर्गन्ध नै छ। मासिक तलब लिने व्यवस्था छ। अफिसको जस्तै विभिन्न सिफ्टमा काम गर्छौं’, उनले भनिन्। सफाइको क्षेत्रलाई पनि अन्य पेशास्तै आदर गरिनुपर्ने उनले सुनाइन्।

दैनिक १ सयदेखि ५ सयसम्म प्रयोगकर्ता आउँछन्। उनीहरूबाट उठेको पैसाले कर्मचारीलाई मासिक तलब, शौचालयको सरसफाइ तथा व्यवस्थापन गरिन्छ। सिन्धुलीका विष्णु भोलानले स्मार्ट शौचालय राम्रो लागेको बताए।

अन्नपूर्ण