काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो बाचापत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले यस्ताे घोषणा गरेको हाे । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासन: जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा बिहिबार सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै…