काठमाडौं । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताउनुभएको छ । आइतबार कैलालीको धनगढीमा आयोजना गरिएको सत्तारुढ गठबन्धनको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनपछि मुलुक कता जाने भन्ने गम्भीर मोडमा उभिएको बताउनुभएको हो । संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धन बनेको जिकिर गर्दै प्रधानमन्त्री देउवाले २००७…