काठमाडौं, वैशाख १९ । नेपाली लेखक संघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदैछ । शनिबारबाट राजधानीमा सुरु भएको छैटौं अधिवेशनका क्रममा आज नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो । नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नवराज लम्साल र वियोगी बुढाथोकीले उम्मेदवारी दिएका छन्…