काठमाडौं । नेपालमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गरेको छ । खाद्यान्न बालीको बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गर्ने गरेको नेपाल बीउ व्यवसायी संघले जनाएको छ । स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशंकर जातका बीउ विदेशबाट पनि आयात…