काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । देउवाले ट्विट गर्दै अमेरिकी संसदीय टोलीलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभएको छ । भेटका क्रममा नेपाल र अमेरिकाबीचको सम्बन्धबारे विचारहरू आदानप्रदान गरिएको ट्विटमा उल्लेख छ…