काठमाडाैं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। आज (बुधबार) बिहान देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बुधबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेछ । साथै देशका अन्य भू-भागमा भने आंशिक बदली रहनेछ। त्यस्तै, देशको…