
काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने बताउनुभएको छ ।
काठमाडौंको बागबजारमा नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको मेलाको उद्घाटन गर्दै उहाँले नेपाली जुत्ताचप्पल निर्यातको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।
नेपाली जुत्ताचप्पल सस्तो र गुणस्तरीय भएको भन्दै उहाँले स्वदेशी जुत्ता चप्पलको क्षेत्र आत्मनिर्भर हुँदै जानु सकरात्मक भएको बताउनुभयो ।
कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले सरकारले फुटवेयर व्यवसायीहरूका लागि नीतिगत व्यवस्था राम्रो गरे पनि प्रभावकारी कार्यान्वयन नहुँदा व्यावसायीहरू मारमा परेको बताउनुभयो ।
मेलामा ९० प्रतिशत नेपाली उत्पादन र १० प्रतिशत बिदेशी ब्रान्ड राखेर विदेशीसँग प्रतिस्पर्धा गरिरहेको आयोजक जीवन श्रेष्ठले बताउनुभयो ।
मेलामा नेपालका प्रख्यात ब्राण्ड स्मार्ट सुज, सम्राट सुज, केटीएम सुज र भेनस सुजका नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध छन् ।
प्रतिक्रिया दिनुहोस्