चितवन । जिल्ला प्रशासन कार्यालयले दुई दिन चल्न दिएर महोत्सव स्थगित गर्ने निर्णय गरेको छ । सोमबार प्रशासनमा बसेको सर्वपक्षीय भेलाले पुस २५ गतेदेखि सुरु भएको १३औं चितवन महोत्सव दुई दिन चल्न दिने निर्णय गरेको हो । यस्तै भोलि (मंगलबार) उद्घाटन हुन लागेको रत्ननगर महोत्सव र माघे संक्रान्तिमा देवघाटमा लाग्ने मेला सञ्चालनमा भने पूर्ण रूपले…