टेनिस प्रतियोगितामा आज जोकोभिच, राडुकानु र एण्डी मरेकोबीच प्रतिस्पर्धा हुँदै « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Tue Aug 9 2022


टेनिस प्रतियोगितामा आज जोकोभिच, राडुकानु र एण्डी मरेकोबीच प्रतिस्पर्धा हुँदै


117
Shares

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा आज (सोमबार) शीर्ष खेलाडीहरु नोभाक जोकोभिच, इम्मा राडुकानु र एण्डी मरेकोबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता सर्वियाका जोकोभिचले कोरियन खेलाडी कोन सुन वोसँग खेल्नेछन् । यसैगरि ब्रिटिश खेलाडी इम्मा राडुकानुले आजै बेल्जियम खेलाडी एलीसन भान विट्भान्चसको सामना गर्नेछिन् । दुई पटकका विम्बल्डन च्याम्पियन ब्रिटेनका एण्डी मरेले अष्ट्रेलियाका जेम्स डकवर्थलाई प्रतिद्धन्दी पाएका छन् ।

लण्डनको अल इंग्ल्याण्ड लन टेनिस कोर्टमा हुने प्रतियोगितामा यसपटक पुरुषतर्फ जोकोभिच र रफाइल नदाल तथा महिलातर्फ सेरेना विलियम्स र इगा सिवाटेकलाई उपाधिको मुख्य दावेदार मानिएको छ ।