काठमाडौं । युक्रेन र रुसबीचको युद्ध एक महिना नाघिसकेका बेला राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपका नेताहरुले रुसप्रति चालेको कदम निकै ढिलाे प्रयास भएको आरोप लगाउनुभएको छ । बेल्जियमको ब्रसेल्समा भएको युरोपियन परिषदको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले रुसी आक्रमणलाई रोक्न युरोपले निकै ढिलो प्रयास गरेको आरोप लगाउनुभएको हो । यद्यपी युद्धकाबीच युरोपले गरिरहेको सहयोगका लागि…