काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्नमा आइतबार भएको फाइनल खेलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । ३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३, ७–६ र ७–५ को जित निकालेका छन् । योसँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका…