Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय बनाउन सफल हुनेछौं: उपाध्यक्ष पाण्डे (भिडियाेसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय बनाउन सफल हुने बताउनुभएको छ। काठमाडौंमा सोमबार आयोजित ‘नेकपा एमालेको लोकतान्त्रीकरण’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको समेत उहाँले स्पष्ट पार्नुभयो । संविधानले राष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टीमा लाग्न र…