Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


नुवाकोटमा खोलाले बगाएर एक पुरूषकाे मृत्यु


624
Shares

काठमाडौं। नुवाकोटमा तादी खोलाले बगाएर सोमबार साँझ एक जना पुरुषकाे मृत्यु भएको छ ।

लिखु गाउँपालिका-४ गड्खार बस्ने ६५ वर्षीय पूर्ण बहादुर राईको साेही खालाले बगाएर मृत्यु भएकाे हाे।खोलाले बगाएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा राईको शव फेला परेको हो ।

साेही सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।