Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाले मानवताविरूद्धको अपराध गरेको अदालतको ठहर

एजेन्सी। स्थानीय अदालतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर गरेको छ। अदालतले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहर समेत गरेको हाे। अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ। न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम…