एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डको भूमिमा आफूले अमेरिकी झण्डा गाड्दै गरेको तस्बिर सार्वजनिक गर्नुभएकाे छ । उहाँले मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियल मार्फत साेही तस्बिर सार्वजनिक गर्नुभएकाे हाे । तस्बिरमा ट्रम्पसँगै अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि देखिएका छन् । नजिकै रहेको एउटा संकेतपाटीमा ग्रिनल्याण्ड-अमेरिकी भू-भाग, स्थापना सन् २०२६…