काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबार जेलमुक्त हुनुभएकाे छ । सहकारी ठगी गरेकाे आरोपमा उहाँ नख्खु कारागारमा रहनुभएकाे हाे । तर मंगलबार दिउँसो प्रहरीले सुरक्षा दिन नसकेपछि श्रीमती निकिता पौडेलको जिम्मा लगाएर पठाएको रास्वपा स्रोतले जनाएको छ । जेनजी युवाहरुकाे साेमबारदेखिकाे जारी प्रदर्शनले रविलाई जेलमुक्त गर्ने बाटाे खाेलिदिएकाे हाे ।