Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पाठक नियुक्त

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। क्याले मंगलबार पाठकलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको हो। पाठक भारतीय क्रिकेट प्रशिक्षक हुन् । यसअघि नेपाली महिला टिमले विदेशी प्रशिक्षक पाएको थिएन। भारतीय क्रिकेट कन्ट्रोल बोर्डका प्रशिक्षक पाठक नेपाली महिला टिमको पहिलो विदेशी प्रशिक्षक बनेका छन्।