ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका ६ स्थित अम्जिलेसामा वन डढेलो लागेको छ । बिहीबार बिहान स्थानीय छुङ्दा शेर्पाको घरबाट सुरु भएको आगलागी फैलिएर वनमा डढेलो लागेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । आगो नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत पठाउने तयारी भएको उहाँले बताउनुभयो । अम्जिलेसामा ४ घर रहेका छन्…