काठमाडाैं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औं महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा शनिबार ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले प्रतिनिधि छनाेट र बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताउनुभयो। यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह…