Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


शहीदको बलिदान खेर जान नदिने सभापति लामिछानेकाे दृढ प्रतिबद्धता

प्रधानमन्त्री कार्कीलाई डर र हिचकिचाहट त्यागेर अनुहारमा हाँसो ल्याउन आग्रह

325
Shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शहीदको बलिदान खेर जान नदिने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

भरतपुरको चौबिसकोठीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले देशलाई न्याय र सुशासनतर्फ लैजान अब कुनै पनि हालतमा पछि नहट्ने बताउनुभएकाे हाे। प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै उहाँले डर र हिचकिचाहट त्यागेर अनुहारमा हाँसो ल्याउन आग्रह गर्नुभएकाे छ। उहाँले सुशासनको डन्डा चलाउन, निष्पक्ष चुनाव गराउन र देशलाई सही दिशामा लैजान आह्वान गर्दै त्यस यात्रामा रास्वपा सधैं साथमा रहने बताउनुभयाे। इतिहासले दिएको यो अवसर गुमाउनु नहुने बताउदै उहाँले सिङ्गो देश परिवर्तनको पक्षमा उभिएको दावी गर्नुभएकाे छ।

सभापति लामिछानेले शहीदका आमाहरूलाई सम्बोधन गर्दै उहाँले छोराछोरीको बलिदानले देशमा ठूलो परिवर्तनको बाटो खोलेको र आँसु पुछ्न र मन दरो पार्न आग्रह गर्नुभयाे। एउटा छोरो ढल्यो होला, तर लाखौं छोराछोरी देशैभरी रहेकाे उहाँकाे भनाइ छ। शहीदले बोकेर आएका सपना पूरा गर्न आफूहरू प्रतिबद्ध रहेकाे समेत बताउनुभयाे।