काठमाडौं । पार्टीभित्र गुटबन्दी झांगिएको बेला नेकपाका दोस्रो तहका नेताहरु पनि आ–आफ्नो खेमाको बचाउमा लागेका छन् । स्थायी कमिटिका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागिरहेको बेला ओली समुहका प्रभावशाली युवा नेता महेश बस्नेतले सिंगो पार्टी ओलीको पछाडी रहेको जिकिर गर्नुभयो । आज बिहान हामीसँग कुरा गर्दै बस्नेतले केपी ओली बिनाको पार्टी परिकल्पना समेत गर्न…