नेकपा सचिवालयको बैठक सोमबार बस्दै, पार्टीको विवाद समाधानका विषयमा छलफल हुने • Image Khabar Image Khabar


नेकपा सचिवालयको बैठक सोमबार बस्दै, पार्टीको विवाद समाधानका विषयमा छलफल हुने


Imagekhabar
३२ श्रावण २०७७, आईतवार १५:२३

नेकपा सचिवालयको बैठक सोमबार बस्दै, पार्टीको विवाद समाधानका विषयमा छलफल हुने

काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बिहान बस्ने भएको छ ।

बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय प्रवेश भएपछि पटक पटक स्थागीत भएको छ ।

पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थायी कमिटी बैठक स्थगित भएपछि अझै निरन्तरता पाउन सकेको छैन ।

यसबीचमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि विवाद हल गर्न भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो ।

सो कार्यदलले काम गरिरहेको बेला नेकपाले सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्