कञ्चनपुर, कात्तिक १६ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भटट्ले औद्योगिक क्षेत्रको विकास नगरेसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ । आइतबार कञ्चनपुरको महाकाली नगरपालिकाको मायापुरी सामुदायिक वनमा आयोजित कार्यक्रममा उहाँले आधुनिक औद्योगिकरणतर्फ उन्मुख भै रोजगारी सृजना गरेमात्रै देशले काँचुली फेर्ने बताउनुभयो । महाकाली नगरपालिकामा प्रस्तावित सुख्खाबन्दरगाह क्षेत्रको प्राविधिक अध्ययनका क्रममा मन्त्रालयको टोलीसहित पुग्नुभएका मन्त्री…