तीब्र गतिमा फैलँदो कोरोनाका कारण युरोपेली मुलुकले लगाए बेलायत यात्रामा प्रतिबन्ध « Image Khabar


तीब्र गतिमा फैलँदो कोरोनाका कारण युरोपेली मुलुकले लगाए बेलायत यात्रामा प्रतिबन्ध


Imagekhabar
६ पुष २०७७, सोमबार ०७:४३

काठमाडौं । युरोपेली मुलुकहरुले बेलायतमा यात्रा गर्न प्रतिबन्ध लगाउन थालेका छन् ।

बेलायतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएपछि आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्याण्ड र बेल्जियमलगायतका देशहरुले बेलायतमा हवाइ उडान बन्द गरेका छन् ।

युरोपियन युनियनले यसबारे आधिकारीक निर्णय नगरेपनि ती राष्ट्रहरुले बेलायत भ्रमणका लागि आफ्नाा नागरिकलाई प्रतिबन्ध लगाएका हुन् ।

लण्डन र दक्षिण पूर्व इङ्ल्याण्डमा कोरोनाको जोखिम बढेसँगै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ती क्षेत्रमा प्रतिबन्धको घोषणा यसअघि नै गरिसक्नु भएको छ ।

क्रिसमसमा तीन क्षेत्रमा हुने सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको छ ।

स्वास्थ्य सचिव म्याट ह्यान्ककले कोरोना महामारी नियन्त्रणबाहिर जाने खतरा रहेकाले पूर्वसावधानी अुनरुप प्रतिबन्ध लगाइएको बताउनुभयो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्