प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने « Image Khabar


प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने


Imagekhabar
६ पुष २०७७, सोमबार १३:१०

pm oli call central committee meeting

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

संसद विघटनपछिको परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

ओलीले आज बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।

उक्त कदमविरुद्ध सर्वत्र आलोचना भएको छ ।

प्रतिक्रिया दिनुहोस्