काठमाडौं । भारत उत्तरप्रदेश राज्यको प्रतापगढ जिल्लामा गएराति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ । शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मध्यरात भएकाले चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान…