काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ । आफू पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले तोकेकै मितिमा निर्वाचन हुने जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुनर्स्थापना गर्न नमिल्ने भन्दै संसद नबौरिने…