काठमाडौं, मंसिर ८ । कोरोना संक्रमणका कारण रोजगारी गुमाएपछि भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टिम नेपालले खाना खान आउनेहरुलाई न्यानो कपडा वितरण गरेको छ । थापाथलीस्थित प्रसूतिगृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टिम नेपालले न्यानो कपडा वितरण गरेको हो । हाम्रो टिम नेपालका उमेश बोहराले विभिन्न संघ–संस्था, व्यक्तिहरुको सहयोगमा आठ महिनायता खाना…