काठमाडौं । विभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ । यसका साथै डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको छ । गत निर्वाचनमा…