काठमाडौं, चैत १० । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्पष्टीकरण आफूहरुले होइन, अध्यक्ष केपी ओलीले दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा माधव नेपाल समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलामा रावलले पार्टी विधानको निरन्तर उल्लंघन गर्नेहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु नै लाजमर्दो भएको टिप्पणी गर्नुभयो । स्पष्टीकरणलाई अवैध कमिटीले सोधेको नक्कली पत्रको संज्ञा दिँदै रावलले भन्नुभयो, ‘नवौं महाधिवेशनको निर्णयबाट…