Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


ट्विटरका संस्थापक डोर्सीको पहिलो ट्वीट २९ लाख डलरमा बिक्री


0
Shares

काठमाडौं । ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्।

‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ मा लेखिएको थियो। सो ट्वीट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन्।

मलेशियाका सिना इस्टाभीले आफूले ट्वीट किन्नुलाई ‘मोनालिसा’ चित्रकला किने जस्तो भनेका छन्।

सो ट्वीट बिटक्वाइनको प्रतिस्पर्धी इथर क्रिप्टोकरेन्सीमार्फत् सोमवार किनिएको हो।

ट्वीट किनिसकेपछि इस्टाभीले एनएफटी टोकन पाएका छन् जसले कुनै पनि डिजिटल कुरा कसको हो भन्ने विवरण राख्छ।

डोर्सीले सो रकम अफ्रिकाका लागि परोपकारी काममा दान गर्ने बताएका छन् । बीबीसी