Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना विद्यार्थी घाइते


0
Shares

काठमाडौं । दाङको तुलसीपुरमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १८ जना विद्यार्थी घाइते छन्।

पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। आज बिहान तुलसीपुर उपमहानरपालिका वडा नम्बर १५ कोठरीबाट प्लस टू पढ्ने विद्यार्थीहरू लिएर जाने क्रममा बस दुर्घटना भएको हो ।

दुर्घटनामा १८ विद्यार्थी घाइते छन् भने एक जना छात्राको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार घाइतेलाई उपचारका लागि तुलसीपुर पठाइएको छ।