काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–२ मोतीपुरमा सडक छेउमा रोकेर राखेको बा २१ च २९०३ नम्बरको जिपसँग क १ प १५९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा जुम्लाको तातोपानी गाउँपालिका–१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक…