Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा


702
Shares

काठमाडाैं। मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ।

काठमाडौंमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो । पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दल भन्दा फरक विचार र उद्देश्यका साथ अघि बढ्ने दावी गर्नुभयो । पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने उहाँको भनाइ छ । उहाँले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको स्पष्ट पार्दै सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको जिकिर गर्नुभयो । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रश्ताव गरिएको छ ।

अध्यक्ष अन्सारीले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।