Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कपिलवस्तुमा कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्, बच्चाकाे पीसीआर परीक्षण हुँदै

कपिलवस्तु । कोरोना संक्रमित महिलाले शल्यक्रियामार्फत बच्चा जन्माएकी छन् । चार दिन अघि कोरोना पोजेटिभ भएकी प्यूठानकी ३१ वर्षीया महिलाले कपिलवस्तु अस्पतालमा बच्चा जन्माएकी हुन् । उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुगे पनि शय्या अभाव भएपछि महिलालाई कपिलवस्तु रिफर गरिएको थियो । राति १० बजे महिलाको शल्यक्रिया गरी बच्चा निकालिएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताउनुभयो…