काठमाडौं । उदयपुरमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले बागपाटी आसपास केन्द्रविन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको जनाएकाे हाे। यसअघि शनिबार बिहान ताप्लेजुङ र पाँचथरको सीमाना भएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।