काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञा र बन्दाबन्दीको समयमा कर तथा जरिवाना असुल नगर्न अर्थ मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधिश मिरा खड्काको एकल इजलासले अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै निषेधावा वा बन्दाबन्दीको अवधिसम्म मूल्य अभिवृद्धि कर, भ्याट विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्न अन्तरिम आदेश जारी गरको…