सोलुखुम्बु । मंगलबारदेखि मौसम खराब भएपछि सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरू पनि तल झरेका छन् । आरोहण दल क्याम्प टूमा आएर…