मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा बहस जारी छ । रिट निवेदनकका तर्फबाट सोमबारको जवाफी बहसम वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपतिले प्रश्न नउठाएको विषयमा महान्यायाधिवक्ताले प्रश्न उठाउनु अनुचित भएको तर्क गर्नुभयो । ‘किर्ते कागजात भनेर रास्ट्रपति कार्यलयको लिखित जवाफमा कुनै प्रतिवाद गरेको देखिँदैन श्रीमान्,’ उहाँले भन्नुभयो, ‘त्यसमा महान्यायाधिवक्ताले मात्रै प्रश्न उठाउनुभएको हो, राष्ट्रपतिले…