काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ संक्रमणको परिस्थितिलाई थप जटिल हुन नदिन हरसम्भव उपाय अपनाउन सरकारसँग माग गरेको छ । सोमबार सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ गम्भीर बन्न माग गर्नुभएको हो । कोभिड–१९ बाट नागरिकलाई सुरक्षित राख्ने भरपर्दो माध्यम…