शनिबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने काठमाडौं जिल्ला प्रशासनको निर्णय « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


शनिबारदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने काठमाडौं जिल्ला प्रशासनको निर्णय


0
Shares

काठमाडौं, साउन ८ । लामो दूरीका सार्वजनिक यातायात शनिबारदेखि सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।

शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको छ ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।