५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


सुजिता हत्यामा आत्महत्या दुरुत्साहन मुद्दा


0
Shares

चितवन । चितवन राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् ।

सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले आफन्त पर्ने एक युवकको नाम तोकेर जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता दर्ता गरेकी हुन् ।

प्रहरीले युवकको नाम भने सार्वजनिक गरेको छैन । उनले यसअघि छोरीको हत्या भएको भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन् ।

काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको शवको पोष्ट मार्टम रिपोर्टले सुजिताको हत्या नभएको देखाएको प्रहरीले जनाएको छ ।

तर भिसेरा रिपोर्ट भने आउन बाँकी रहेको छ । सुजिताको शव प्रहरीले मंगलबार नै बुझिसकेको छ । गत असार ११ गते साथीको घर जान भनेर हिँडेकी सुजिताको ९ दिनपछि असार २० गते स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा शव फेला परेको थियो ।